logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बाजुराको प्रदेश सभा दुईमा कांग्रेसका पदमबहादुर शाही निर्वाचित

    बाजुराको प्रदेश सभा दुईमा कांग्रेसका पदमबहादुर शाही निर्वाचित

    4.3K
    Shares
    बाजुराको प्रदेश सभा दुईमा कांग्रेसका पदमबहादुर शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा दुईमा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत प्राप्त गरे । कुल ८३४ मत बदर भएको छ ।

    प्रदेश सभा १ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही शनिबार नै विजयी भइसकेका छन् । शाहीले १० हजार ९७३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत प्राप्त गरेका छन् ।

    प्रतिनिधि सभामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायम छ । पाण्डेले २६ हजार ९८६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार २०८ मत पाएका छन् । उनीहरुबीच ३ हजार ७७८ को मतान्तर छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend