logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

    विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

    2.7K
    Shares
    विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

    वीरगञ्ज । शीतलहर, जाडोलगायतका सम्भावित हुनसक्ने जोखिम आँकलन गरी पर्सामा विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार पारिएको छ ।

    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अनुसार शीतलहर, चिसोका कारण आउने विपद्बाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न राहत, उद्धारलाई प्रभावकारीरुपमा अघि बढाउन योजना तयार पारिएको हो ।

    शीतलहर, चीसोका कारण आउने विपद्बाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न प्रभावित क्षेत्र गाउँटोलका गरिब, विपन्न परिवारको पहिचान गरी राहत, उद्धारका लागि आवश्यक पर्ने इन्धन, दाउरा, कम्बललगायतका सामग्री भण्डारण गर्ने र यसको जिम्मेवारी स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, उद्योग वाणिज्य सङ्घ, सरकारी तथा गैरसरकारी संस्थालाई दिइएको जिल्ला विपद् व्यवस्थापन समिति, पर्साले जनाएको छ ।

    यसैबीच जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको बैठकले बाढी पीडित, आगलागी र चट्याङ लागेर मृत्यु भएकालाई राहत प्रदान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा बसेको बैठकले बाढीबाट क्षति भएका पाँच जनालाई रु ४५ हजार र आगलागीबाट घर क्षति भएका १८ जनालाई ८५ हजार गरी १३ जना घरपरिवारलाई रु एक लाख ३० हजार राहत दिने निर्णय गरेको छ ।

    यसैगरी साउन ५ गते वीरगञ्ज महानगरपालिका-२८ का दीनानाथ ठाकुर र असोज १० वीरगञ्ज महानगर-२ का सिद्धान्त उपाध्यायको चट्याङ लागेर मृत्यु भएकामा निजका परिवारलाई सरकारले उपलब्ध गराएको जनही रु दुई÷दुई लाख गरी चार लाख दिने निर्णय भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend