logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • दाइजोको निहुँमा श्रीमतीलाई निर्मता पूर्वक कुटपिट गर्ने नेहा चौधरीका श्रीमान् पक्राउ

    दाइजोको निहुँमा श्रीमतीलाई निर्मता पूर्वक कुटपिट गर्ने नेहा चौधरीका श्रीमान् पक्राउ

    5.3K
    Shares
    दाइजोको निहुँमा श्रीमतीलाई निर्मता पूर्वक कुटपिट गर्ने नेहा चौधरीका श्रीमान् पक्राउ

    जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर–५ का पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको रामगोपालपुर ५ का अन्दाजी ३५ वर्षीय डा. पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

    श्रीमान्‌बाट दाइजोको निहुँमा घरेलु हिंसामा परेकी नेहा चौधरी मंगलबार घर गएपनि उनलाई पस्न दिइएन । त्यसपछि उनी घरको मूलढोकाअघि धर्ना दिएर बसिन् । त्यसपछि प्रहरीले बाध्य भएर पंकजलाई पक्राउ गरेको बताइएको छ ।

    मंगलवार साँझ पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरे । उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पंकजलाई पक्राउ गरेको बताए ।

    महोत्तरीको औरही–१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर–५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेका थिए । दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमान्‌को टोकाइ र कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।

    नेहा भन्छिन्, ‘श्रीमान् पंकजलाई मात्र पक्राउ गरेर हुँदैन । मलाई कुटपिट गर्ने र घर निकाला गर्नेमा सासू–ससुरासहित उनको परिवारका सबै सदस्य संलग्न छन् । उनीहरूलाई पनि पक्राउ गरी कारबाही गर्नुपर्छ ।’

    पंकज पक्राउ परेपछि उनका परिवारका सबै सदस्य फरार भएका छन् । अहिले घरको गेटमा ताला झुण्डिएको छ । एसपी पंगेनीले कानून बमोजिम पक्राउ गर्नुपर्ने सबैलाई गर्ने बताए ।

    गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा. पंकजबीच विवाह भएको थियो । विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी १ करोड बढी रुपैयाँ दाइजो दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend