logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुभारम्भको भव्य तयारी

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुभारम्भको भव्य तयारी

    2.4K
    Shares
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुभारम्भको भव्य तयारी

    पोखरा । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भोलि हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको औपचारिक शुभारम्भका लागि पोखरामा भव्य तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष समारोहबीच विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने जनाइएको छ । उद्घाटनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटनसम्बद्ध सङ्घसंस्था क्रियाशील बनेका छन् ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घाटनका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम छ ।

    त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ ।
    विमानस्थल उद्घाटनकै तयारीस्वरुप पुस १३ गते लेक साइडदेखि पृथ्वी राजमार्गको लामेआहालसम्म बृहत् सरसफाइ गरिएको थियो ।

    अङ्ग्रेजी नयाँ वर्षले पोखराको चहलपहल बढिरहेका अवस्थामा हुन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सेवा शुभारम्भलाई अत्यन्त महत्वका साथ हेरिएको पर्यटन व्यवसायी एवम् टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताए । “पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय सहर बनाउन विमानस्थल कोसेढुङ्गा साबित हुनेछ”, उनले भने, “विमानस्थलसँगै प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा जोडिने सडक लगायतका पूर्वाधार निर्माणतर्फ राज्य गम्भीर बन्नु आवश्यक छ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend