logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • चलचित्र सरी मम प्रदर्शनीपछि यस्तो भन्छन् कलाकारहरु

    चलचित्र सरी मम प्रदर्शनीपछि यस्तो भन्छन् कलाकारहरु

    5.8K
    Shares
    चलचित्र सरी मम प्रदर्शनीपछि यस्तो भन्छन् कलाकारहरु

    काठमाडौं । चलचित्र सरी मम बिहीवारबाट उपत्यकाभित्र प्रदर्शनमा आएको छ । चलचित्र प्रदर्शनपछि दर्शकहरुले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका हुन् ।

    लागुऔषध दुव्र्यसनीबिरुद्धको कथामा आधारित चलचित्र पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र प्रदर्शन गरिएको हो । केही समयपछि भने प्रदेशलषित गरेर सातै प्रदेशमा प्रदर्शनी हुने निर्माण टिमले बताएको छ । चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दर्शकहरुले चलचित्र विद्यार्थीहरुलाई लषित गरेर निर्माण गरिएको र उत्कृष्ट रहेको बताए । दर्शकहरुले ब्याचलर सम्मका विद्यार्थीहरुले हेर्नैपर्ने चलचित्र रहेको र लागुऔषधमा फसेकाहरुले त्यसबाट छुट्न कसरी अघि बढ्नसक्छ भन्नेकुरा देखाइएको बताए । जुन लक्ष्यअनुसार चलचित्र बनाइएको हो त्यो लक्ष्यले सार्थकता पाएको बताए । उनीहरुले देशभरका विद्यालय र कलेजहरुमा यो चलचित्र देखाउनुपर्ने बताए ।

    चलचित्र हेरिसकेपछि अभिनेत्री दीपाश्री निरौलाले नेपाली कथावस्तुमा एकदमै उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिइन् । उनले चलचित्र धेरै नै राम्रो म्यासेज दिने कथावस्तुमा निर्माण भएको बताइन् । उनले समाज र घरपरिवारको महत्व दर्शाउने चलचित्र रहेको बताइन् । त्यस्तै अभिनेत्री सरिता लामिछानेले चलचित्र राम्रो बनेको छ भन्ने प्रतिक्रिया नै आफ्नो लागि गर्वको कुरा भएको बताइन् । लागुऔषधमा फसेका युवाहरुलाई निकाल्न के गर्न सकिन्छ भन्नेकुरा फिल्ममा रहेको र यो युवाहरुको कथा रहेको बताइन् । त्यस्तै अभिनेता सलोन बस्नेतले अहिलेको समाजका लागि जरुरी टपिकलाई फिल्ममा देखाइएको बताए ।

    नविन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ । चलचित्रको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् । दीर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । लागुऔषध दुव्र्यसनबिरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्ने अपेक्षा चलचित्रले राखेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend