logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेसलाई सूर्य थापाको प्रश्न– ‘राष्ट्रिय सहमति कुनै पद हत्याउने अस्त्र हो ?’

    कांग्रेसलाई सूर्य थापाको प्रश्न– ‘राष्ट्रिय सहमति कुनै पद हत्याउने अस्त्र हो ?’

    3.1K
    Shares

    काठमाडौं– नेकपा (एमाले)ले प्रतिस्पर्धा गरेका पदहरुमामात्रै उम्मेदवारी दिएको भन्दै राजनीतिक क्षेत्रमा नेपाली कांग्रेसको आलोचना भइरहेको छ ।

    सभामुख, प्रदेशका मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख पदमा कांग्रेसले एमालेलाई असहयोग गरेको छ भने गठबन्धनका दलहरु माओवादी केन्द्र र जनता समाजवादीले प्रतिस्पर्धा गरेका ठाउँमा सहयोग गरेको छ ।

    भावी राष्ट्रपतिलाई केन्द्रमा राखेर कांग्रेसले गठबन्धनका दलहरुप्रति फरक नीति लिएको भन्दै एमाले पोलिटब्यूरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले आपत्ति जनाएका छन् ।

    प्रधानमन्त्री, सभामुख, उपसभामुखको मत केलाउँदै थापले निष्कर्षमा भनेका छन् । ‘अझै किन नजर राष्ट्रपतिमा केन्द्रित भएको छ ? राष्ट्रिय सहमति कुनै पद हत्याउने अस्त्र हो र ? एक महिनामै काङ्ग्रेसमा देखिएको यतिधेरै उतारचढावले कस्तो तस्बिर देखिएको छ नि ?,’ उनको प्रश्न छ, ‘बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादले यस्तो चालामाला देखेको भए के भन्नुहुन्थ्यो होला श्र काशी जाने रसुवागढीको बाटो !’

    थापाले फेसबुकमा यस्तो लेखेका छन्–

    एक महिनामै यति धेरै उतारचढाव ?

    १) पुष्पकमल दाहाल ‘प्रचण्ड’ १६९ मतका साथ पुस १०गते प्रधानमन्त्री नियुक्त हुनुभयो ।

    २) उहाँले पुस २६ गते २६८ मत प्राप्त गरि विश्वासको मत प्राप्त गर्नुभयो, विपक्षमा २ मत रह्यो ।

    ३) देवराज घिमिरे १६७ मत प्राप्त गरी माघ ५ गते सभामुखमा विजयी हुनुभयो। उहाँको विपक्षमा १०० मत रह्यो ।

    ४) इन्दिरा राना १६६ मत प्राप्त गरी माघ ७ गते विजयी हुनुभयो, उहाँको विपक्षमा ९७ मत रह्यो ।

    यसरी १, ३ र ४ नम्बरमा प्राप्त मत स्वभाविक छ, २ र ३ मतको अन्तर हुनु सामान्य र स्वभाविक हो। तर नम्बर २ मा थपिएको मतमा कैफियत रहेको स्पष्ट छ र अस्वभाविक पनि भएको छ। त्यसमा इमान हुन्थ्यो भने त्यसपछि सभामुख र उपसभामुखको निर्वाचनमा किन निरन्तर भएन ?

    कांग्रेस नेतृत्वको गठबन्धनमा १०० र ९७ मत मात्रै बाँकी रहेको तथ्य पटकपटक स्पष्ट भइसकेका छन्। अब अझै खेल्न खोजेर कहाँ पुग्ने हो र ?

    अझै किन नजर राष्ट्रपतिमा केन्द्रित भएको छ ? राष्ट्रिय सहमति कुनै पद हत्याउने अस्त्र हो र ? एक महिनामै कांग्रेसमा देखिएको यतिधेरै उतारचढावले कस्तो तस्बिर देखिएको छ नि ? बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादले यस्तो चालामाला देखेको भए के भन्नुहुन्थ्यो होला ?

    काशी जाने रसुवागढीको बाटो !


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend