logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • रोल्पामा स्नातकोत्तर कक्षा सञ्चालनको तयारी

    रोल्पामा स्नातकोत्तर कक्षा सञ्चालनको तयारी

    5.3K
    Shares
    रोल्पामा स्नातकोत्तर कक्षा सञ्चालनको तयारी

    रोल्पा । रोल्पामा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ । सदरमुकाम लिवाङको जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो ।

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा रहेको सो क्याम्पसले चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत ‘पाठ्यक्रम र मूल्याङ्कन’ विषय अध्यापन गराउन लागेको क्याम्पस प्रमुख खेम खड्काले जानकारी दिए ।

    “स्नातकोत्तर कक्षा सञ्चालनका लागि भौतिक तथा मानवीय स्रोत उपलव्ध रहेकाले तत्काल कम्तीमा दुई विषयमा कक्षा सञ्चालन गर्न सकिने भएपनि हाल एउटा विषयको मात्रै स्वीकृति पाएका छौँ,” खड्काले भने ।

    विद्यार्थी भर्नाका लागि क्याम्पसले आवेदन गरिसकेको छ । त्यसका लागि माघ २१ मा प्रवेश परीक्षा सञ्चालन गरिनेछ भने फागनु ३ सम्म भर्ना समय तोकिएको छ । उनले फागुन ५ देखि नियमित पठनपाठन सुरु गर्ने योजना रहेको बताए ।

    यसअघि जिल्लामा स्नातकोत्तर तहको पढाइ नहुदा यहाँका विद्यार्थीहरु दाङ, नेपालगञ्ज, प्यूठान, बुटवल, काठमाडाँैलगायतका स्थानमा जानुपर्ने बाध्यता थियो । कक्षा सञ्चालनका लागि यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ‘स्कूल अफ एजुकेशन’का डिन प्राध्यापक डा लीलाधर तिवारी नेतृत्वको तीन सदस्यीय टोलीले सम्भाव्यता अध्ययन गरेर फर्किएको थियो ।

    विसं २०६१ मा स्थापना भएको जलजला बहुमुखी क्याम्पसमा हाल स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र पठनपाठन हुँदै आएको छ । क्याम्पसमा हाल चार सय ८३ विद्यार्थी अध्ययन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा रोल्पाको जुगारमा स्नातक तहको पठनपाठन हुने गरी अर्को क्याम्पस सञ्चालनमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend