logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल

    शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल

    3.6K
    Shares
    शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् ।

    काठमाडौँ तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताए ।

    “मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ”, उनले भने, “विद्यालयमा समयमै पाठ्यपुस्तक पु¥याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।” उनले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४÷५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend