logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • बझाङमा हिमपातले खाद्यान्न ढुवानी गर्न समस्या

    बझाङमा हिमपातले खाद्यान्न ढुवानी गर्न समस्या

    3.7K
    Shares
    बझाङमा हिमपातले खाद्यान्न ढुवानी गर्न समस्या

    बझाङ । बझाङको दुर्गम साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । बुधबार भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो ।

    यातायातका साधन नपुगेको उक्त गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गरिएको छ । हिमपातका वडा नं १ देखि ५ सम्म बाटो अवरुद्ध भएको थियो । खाद्यान्न अभाव हुन नदिन काँडा बिक्री केन्द्रले तीन हजार क्विन्टल खाद्यान्न ढुवानीको ठेक्का लिए पनि छ महिनासम्ममा छ सय क्विन्टल मात्रै ढुवानी गरेको गाउँपालिकाले जनाएको छ । सम्झौताअनुसार बाँकी दुई हजार चार सय क्विन्टल खाद्यान्न पाँच महिनाभित्र ढुवानी गरिसक्नुपर्नेछ ।

    बिक्री केन्द्रलगायत सम्बन्धित निकायले ध्यान दिन नसके खाद्यान्न अभावले भोकमरी हुनसक्ने स्थानीय बताउँछन् । खाद्यान्न ढुवानी नियमित गराउने उद्देश्यले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend