logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • करिश्मा मानन्धरले दिइन् डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी

    करिश्मा मानन्धरले दिइन् डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी

    4.3K
    Shares
    करिश्मा मानन्धरले दिइन् डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले खनालले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोप लगाउँदै उजुरी दिएकी हुन् ।

    विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएको प्रवक्ता रायले जानकारी दिए । करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन् । युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।

    ‘प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ?’ उनले भनेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend