logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • एकसय ५८ केजी गाँजा सहित एक जना प्रहरीको नियन्त्रणमा

    एकसय ५८ केजी गाँजा सहित एक जना प्रहरीको नियन्त्रणमा

    2.4K
    Shares
    एकसय ५८ केजी गाँजा सहित एक जना प्रहरीको नियन्त्रणमा

    मकवानपुर । मकवानपुरको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी.गाँजा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा नगरपालिका ३ बस्ने बिशाल गोपालीलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिएको हो ।

    विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ना६ख ४५२० नम्बरको गाडीमा जाँच गर्दा गाडीको क्याविनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको थियो ।

    सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गोपालीलाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend