logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • सरकारले दिने आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने

    सरकारले दिने आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने

    1.5K
    Shares
    सरकारले दिने आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने

    काठमाडौं । सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ ।

    नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो ।

    अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ ।

    यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend