logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमती राष्ट्रिय सहमती : प्रधानमन्त्री

    आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमती राष्ट्रिय सहमती : प्रधानमन्त्री

    2.5K
    Shares
    आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमती राष्ट्रिय सहमती : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमती राष्ट्रिय सहमती भएको बताएका छन् । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्विकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि आफूले ८ राजनीतिक दलहरुसँग सहमती गरेर अघि बढनु परेको स्पष्ट पारे ।

    शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतीका लागि काँग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह अस्विकार गरेपछि आफूले नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतीका साथ अघि बढने निर्णय लिएको जिकीर गरे । उनले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गरेर अघि बढने निर्णयबाट आफू खुशी र गौरवान्वित भएको समेत बताउनु भयो । प्रधानमन्त्री दाहालले एमाले प्रतिपक्षमा भईसकेको उल्लेख गर्दै मन्त्रीपरिषद पुनर्गठन गरेर जाने धारणा राखे ।

    उनले भने, ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्विकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय, भ्रम मात्रै पैदा गर्छ । मैले २ महिना भित्रै तितो त्यो अनुभूति गरे । र, सबै लोकतान्त्रिक शक्तिहरु र हिजो ऐतिहासिक रुपमा भूमिका खेलेका, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु, मैले त्यतिबेला ७ राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा –माओवादीं)को तर्फबाट मैले गरेका हस्ताक्षर र गिरिजाबाब जाँदैगर्दा यो परिवर्तन जोगाउन तपाईले विशेष भूमिका खेल्नुपर्छ भनेका कुराहरु यी सबै मेरो स्मृतिमा जहिले पनि ताजा नै रहि राख्छन । मेरो जीवन रहँदासम्म यी विर्सन सकिने कुरा छैन । त्यसकारण बेलाबेलामा उतारचढाव भएपनि फेरी हामी ठिक ठाउँमा आईनै हाल्छौं । त्यसकारण हिजो म निकै नै खुशी र गर्व महशुस गरे मैले । कतिपय मानिसहरुलाई लाग्न सक्छ । अघि सरदसिंह भण्डारीजीले ठिक भन्नु भयो । प्रधानमन्त्री त मैले आठ दलको सहमती भन्दा धेरै पहिले उतै पाईसकेको थिए । मुख्य कुरा त्यो होइन । देश, जनता, लोकतन्त्र, स्थायित्व र विकास कुन राजनीतिक प्रक्रियाबाट हुन सक्छ भन्ने कुरा मुख्य हो । त्यसैको निम्ति मैले फेरी एकचोटी पहल लिनु पर्छ भन्ने विश्वाससहित हिजोकै दिन तपाईहरुलाई यो पनि थाहा भएको छ–मैले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग यही बालुवाटारमा कुरा गर्दा तपाई र म राष्ट्रिय सहमतीको सुत्राधार बनौं ।

    नेपाली काँग्रेसलाई राष्ट्रपति तपाई र मैले सहमतीमा दिऊ । सबभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ । तपाईको सभामुख भएकै छन । राष्ट्रियसभाको अध्यक्ष पनि छन । हमी दुईटै गएर नेपाली काँग्रेसलाई राष्ट्रपति तपाईहरु लिनुहोस् भन्यो भने त एउटा नयाँ राष्ट्रिय सहमती हुन्छ भनेको थिँए । तर उहाँले मान्नु भएन । त्यहाँ केही छन तर म त्यतापट्टी अहिले जान चाहन्न । तर फेरी यो जे भयो ८ दलबीचमा यो राष्ट्रिय सहमतीनै हो भन्ने मेरो बुझाई छ । किनभने अहिले हामी त मिल्नु जरुरी थियो नै । सबैलाई पनि यो राजनीतिक प्रक्रियामा इन्गेज गर्न जरुरी पनि थियो । एमाले पनि अव कतै जान सक्ने स्थिति छैन । हो प्रतिपक्षमा जान सक्नु हुन्छ उहाँहरु । करिवकरिव जानु भयो । आज मात्रै म कहाँ राप्रपाका सबै मन्त्रीले राजीनामा दिनु भयो । सम्भवतः अव कानुनी हिसावले हामी एउटा नयाँ प्रक्रियातिर जानु नै पर्छ । सरकार नयाँ बन्छ । पुनर्गठन हुन्छ आदि÷इत्यादि । तर फेरी पनि एमालेको सभामुख त हुनुहुन्छ । उहाँहरु त्यहाँबाट फुत्केर जान सक्ने स्थिति त हुँदैन । त्यसकारण यस अर्थमा मैले हिजो आठ दलले नेपाली काँग्रेसलाई राष्ट्रपतिमा सहमती गर्नु यो ८ दलको मात्रै सहमती होइन । सिंगै राष्ट्रकै सहमती हो । आम नेपाली जनताकै सहमती हो भन्ने मैले ठानेको छु । र, मैले यो प्रक्रियालाई सुदृढ गर्न, नेपाल राष्ट्र र नेपाली जनताको हितको निम्ति अझ बढि मेहनत गर्ने, अझ बढि निष्ठाको साथ काम गर्ने दिनको रुपमा आज महेन्द्रनारायण निधिको १०१ औंं जन्मजयन्तिलाई लिएको छु । रामचन्द्रजी शेरबहादुरजीले बोलाएर जानु भयो । अव रामचन्द्रजीलाई राष्ट्रपतिको रुपमा राख्दा एउटा लोकतन्त्र, त्यसको दर्शन, त्यसको विचारप्रति प्रतिवद्ध एउटा पाको नेताको जो भूमिका खेल्नु भएको छ उहाँले । त्यसले गर्दा उहाँ लोकतन्त्रप्रति र राष्ट्रको हितप्रति कहिँकतै कसैसँग झुक्न हुँदैन, सम्झौता गर्नु हुँदैन भन्ने म विश्वास व्यक्त गर्दछु । र, यो प्रक्रियामा गत कालमा जे जस्ता घटनाक्रमहरु नेपाली राजनीतिमा भए । पटक पटक संसद विघटन गर्ने कुरा भयो । र, संविधानमाथि एक पछि अर्को प्रहार हुने स्थिति देखा प¥यो । र, मैले अघि भने–म प्रधानन्त्री भएपछि जुन शक्तिहरुले बडो हौसिएर संविधानले पूर्वराजाको रुपमा बस्न दिएको छ । तर अरु रुपमा चिन्दैन । त्यो हौसिदालाई मैले के महशुस गरेँ भने जुन गठबन्धनमा छु सायद यो संविधान र राष्ट्रको हितमा छैन । म अहिले धेरै त भन्न चाहन्न । र हामी पटकपटक संविधानमाथि प्रहार हुन थाल्दा हामी सहकार्यमा गयौं । गठबन्धन बनायौं । शेरबहादुरजी प्रधानमन्त्री हुनु भयो । स्थानीय निर्वाचन भयो । प्रदेश र संघीय निर्वाचन पनि भयो । राजनीतिक कोर्सलाई नयाँ चरणमा पु¥याइयो ।’

    प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित भएपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रको हित प्रतिकूल हुने गरी कहीँ पनि सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend