logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • देशका समस्याहरुलाई समाधान गर्न सबै पार्टीहरु एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

    देशका समस्याहरुलाई समाधान गर्न सबै पार्टीहरु एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

    4.5K
    Shares
    देशका समस्याहरुलाई समाधान गर्न सबै पार्टीहरु एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

    आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएका भन्दै ति समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका हुन् । उनले एमाले लगायतका सबै राजनीतिक दलहरु मिलेर जानुपर्ने बताउनुभयो । उहाँले संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरे ।

    उनले भने– ‘नेपालमा जस्तो किसिमको चुनौतीहरु देखिएका छन्, ति चुनौतीहरु सामना गर्नलाई देशका सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ भनेको हो । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि प¥यो । मिलेर जानुपर्छ । देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरु एक भएर जानुपर्छ । संकटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो नीजि कुरा हो ।’

    अध्यक्ष नेपालले आफुले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरु अनुमानका कुराहरु भएको टिप्पणी गरे । आफुहरुका बिचमा भएको सहमतीका बारेमा कुरा खोल्ने बेला नआएको उनको भनाई छ । उनले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफुहरुले आव्हान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।

    उनले भने– ‘वामपन्थी शक्तिहरुलाई हामी मिलेर जानका लागि आव्हान गरिरहेका छौँ । यसको निम्ति यदी समाजवादी शक्तिहरु, वामपन्थी शक्तिहरु राष्ट्रिय इस्यूहरुमा, जनताका इस्यूहरुमा, लोकतन्त्रका इस्यूहरुमा, गणतन्त्रका इस्यूहरुमा, संविधानको इस्यूहरुमा मिलेर जान्छन् भने हामी सहकार्य गर्दै अगाडी बढ्ने छौँ । अझै अगाडी बढ्न चाहान्छन् भने हामी मोर्चा बनाएर पनि अघि बढ्न तयार छौँ । विचार, सिद्धान्त, नीति, कार्यक्रम सबै मिल्छ र त्यसपछि मन, भावना, संगठन सबैकुरा मिल्छ भने त्यस्तासँग संगठन पनि एकताबद्ध बनाएर जान्छौँ । र हामी कुनै पार्टीमा विलय हुनेवाला छैनौँ ।’

    उनले आफुहरु एजेण्डा मिल्नेहरुसँग मोर्चा बनाएर अघि बढ्न तयार रहेको पनि बताए । अध्यक्ष नेपालले सबैकुरा मिल्नेहरुसँग एकताबद्ध हुन पनि सक्ने भन्दै कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend