२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चोभार सुख्खा बन्दरगाह पूर्णरुपमा सञ्चालनका लागि चाँडै फास्ट ट्रयाक बन्नुपर्छ

सोमवार , फाल्गुण १५, २०७९

काठमाडौं । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुख्खा बन्दरगाह पूर्णरुपमा सञ्चालनका लागि चाँडै फास्ट ट्रयाक बन्नुपर्ने बताएका छन् ।

सोमवार आर्थिक पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक गजुरेलले यस्तो बताएका हुन् । उनले कुनैपनि पूर्वाधार आइसोलेसनमा चल्न नसक्ने भन्दै चोभार सुख्खा बन्दरगाह पूर्ण रुपमा सञ्चालनको लागि तत्काल फास्ट ट्रयाक बन्न आवश्यक रहेको बताए । उनले बन्दरगाहमा व्यवसायीहरुले कन्टेनरमा ल्याउने सामान लामो बाटोबाट चोभार ल्याउनु भन्दा पनि वीरगञ्जबाट सिधै काठमाडौं ल्याउन खोज्नु स्वभाविक भएको बताए ।

उनले चोभार सुख्खा बन्दरगाह भन्दा अगाडि सक्ने योजनाका साथ अघि बढेको फास्ट ट्रयाकको काम अहिलेसम्म नसकिएकाले सञ्चालनमा समस्या देखिएको बताए । कार्यकारी निर्देशक गजुरेलले फास्ट ट्रयाक र रेल जडान भएपछि राम्रो हुने जानकारी दिए।

बन्दरगाहमा रेल जोड्ने योजना अगाडि बढीरहेको बताउँदै उनले इन्टरमोडलले बन्दरगाहको एक भागलाई आन्तरिक टर्मिनलका रुपमा सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले आन्तरिक टर्मिनल बनाउँदा पार्किङ र गोदामको लागि नभएर लजिस्टिक हबको रुपमा काम गर्न खोजिएको बताए । उनले अहिले काठमाडौंकाबीच सडकमा कन्टेनर राखेर सामान झार्ने कामलाई व्यवस्थित बनाउन आवश्यक रहेको जानकारी दिए ।

उनले समितिको दायित्व बन्दरगाह सञ्चालन गर्ने मात्रै नभएर व्यापारलाई सहजिकरण गर्ने हिसावले काम गरिरहेको बताए । व्यवसायीहरुले निर्यातको लागि पार्किङ लगायतको लागि बन्दरगाहमा आन्तरिक टर्मिनलमा खुला गरिएको बताए । उनले बन्दरगाह सञ्चालनको लागि समितिले मात्रै नभएर भन्सारले पनि पहल गर्न र पत्रकारहरुले पनि सकारात्कम सन्देस जानेगरी समाचार दिन आवश्यक रहेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट