logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    2.2K
    Shares
    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुनको भाउ पनि आज प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार ७ सय ५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ८९ रुपैयाँ कायम गरिएको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend