logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौँ र धनकुटाबाट लागुऔषधसहित ५ जना पक्राउ

    काठमाडौँ र धनकुटाबाट लागुऔषधसहित ५ जना पक्राउ

    2.2K
    Shares
    काठमाडौँ र धनकुटाबाट लागुऔषधसहित ५ जना पक्राउ

    काठमाडौँ । काठमाडौँ र धनकुटाबाट पाँच जना लागुऔषधसहित पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित सडकबाट अवैध लागुऔषध गाँजा २१ किलोग्रामसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका–८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख.२११९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    धनकुटाको आबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित मुग्लिङ पुल जिपबाट नियन्त्रित लागुऔषध डाईजेपाम १ सय १५ एम्पुल, फेनरागन १ सय १५ एम्पुल र नुर्फिन १ सय १५ एम्पुलसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा रुपन्देही सिद्धार्थ नगरपालिका–६ पिपरैया बस्ने ४० वर्षीय महेश चमार, तनहुँ रिसिङ गाउँपालिका–१ सपाङदी बस्ने २१ वर्षीय आकाश गाहा र तनहुँ देबघाट गाउँपालिका–२ बैदी बस्ने २१ वर्षीय सुरज थापा रहेका छन् ।

    अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुल जिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना।५ ख १८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend