logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • तिलोत्तमा गोल्डकपमा आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

    तिलोत्तमा गोल्डकपमा आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

    2.8K
    Shares
    तिलोत्तमा गोल्डकपमा आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

    रुपन्देही । बुटवलमा भइरहेको २२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच खेल हुँदैछ । खेल एन्फा टेक्निकल सेन्टर देविनगरमा दिउँसो ३ बजेदेखि सुरु हुँदै छ । आजको खेल जित्ने टोली सेमिफाइनलमा पुग्नेछ ।

    शनिवार भएको उद्घाटन खेलमा आयोजक रुपन्देही–११ लाई हराउँदै सुदूरपश्चिम–११ सेमिफाइनलमा पुगिसकेको छ ।

    दुई विभागीयसहित आठ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छ । गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend