logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन समारोह (तस्बीरहरु)

    उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन समारोह (तस्बीरहरु)

    2.1K
    Shares
    उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन समारोह (तस्बीरहरु)

    काठमाडौं । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्‍चालित उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन गरिएको छ। आज रक्षा मन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा आज एक विशेष समारोहका बीच राष्ट्रिय सुरक्षा तालिम समापन गरिएको हो ।

    समारोहमा समापन मन्तव्य राख्दैँ  प्रधानमन्त्री दाहालले राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशिल र महत्वपुर्ण रहेको उल्लेख गर्दै विश्व परिवेशमा भईरहेका घटनाहरुको कारण क्रमिक रुपमा आईरहेको परिवर्तन, अन्तराष्ट्रिय एवं क्षेत्रिय रुपमा उदियमान शक्ति राष्ट्रहरु, सुचना एवं प्रविधिको आकासिदो विकासक्रमको साथसाथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरुले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको बताए । उनले नेपालको संविधानले निर्देशित गरेको नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै वहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यवद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नु पर्ने आवश्यकता रहेको बताए ।

    सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी सन्तोष कुमार ढकालको स्वागत मन्तव्यसहित शुरु भएको समापन समारोहमा, सहभागी शिक्षार्थीहरुलाई बधाई दिँदै प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त तालिम सुरक्षित र समुन्नत नेपाल निर्माणमा विभिन्न निकायहरु बिच हुनुपर्ने सहकार्य, समन्वयात्मकता र एकिकृत प्रयास अभिवृद्धिको आवश्यकता बोध गराउन सफल भएको बताए।उनले तालिमको दौरान सहभागीहरुको पृथक अनुभव र मौलिक विचार आदान प्रदानले राष्ट्रिय सुरक्षा जस्तो गहन विषयमा साझा धारणा विकसित भएको र आगामी दिनहरुमा यस तालिमले देशको सुरक्षामा ठोस निर्णय लिँदा सहयोगी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे।

    प्रधान सेनापतिले परम्परागत चुनौतीहरुको अलावा वातावरण, उर्जा, खाद्यान्न तथा मानव सुरक्षा जस्ता विषयहरु पनि थप चुनौतीको रुपमा प्रष्फुटन भईरहेको अवस्थामा यस्ता खतराहरुले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिवेशमा दीर्घकालिन प्रभाव पार्न सक्ने भएकोले संभावित खतराहरुको पहिचान र उक्त खतराहरुबाट हुन सक्ने चुनौतिहरुलाई यथोचित ढंगबाट सम्बोधन गर्न यस तालिम सहयोगी सिद्ध हुने बताए ।

    वि.सं. २०७२ सालबाट शुरु भएको उक्त तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, विश्वविद्यालय, सञ्चार माध्यम लगायत सरकारी र गैर सरकारी निकायका वरिष्ठ अधिकारीहरु गरी जम्मा ३० जनाको सहभागिता रहेको थियो ।

    हालसम्म १९६ जनाले यो तालिम हासिल गरि सकेका छन् । विभिन्न मन्त्रालयका सचिवहरु, बलाधिकृत, बलाध्यक्ष, सुरक्षा निकायका प्रमुखहरु, त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारका पदाधिकारीहरु, अतिथि वक्ताहरु एवं नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

    तस्बीरहरु:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend