logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • मुख्यमन्त्री गिरीद्वारा विश्वविद्यालय निर्माण स्थलको निरीक्षण

    मुख्यमन्त्री गिरीद्वारा विश्वविद्यालय निर्माण स्थलको निरीक्षण

    1.6K
    Shares
    मुख्यमन्त्री गिरीद्वारा विश्वविद्यालय निर्माण स्थलको निरीक्षण

    नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन् ।

    विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ मा ३७ र वडा नं ८ मा रहेको ८१ बिगाहा जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ । मुख्यमन्त्री गिरीसँग स्थानीयवासीले आफूहरुलाई व्यवस्थापन हुने गरी काम गर्न सुझाव दिएका थिए । सो अवसरमा उनले प्रदेशको गौरवको योजनाको रुपमा रहेको विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादनमा योगदान हुने भएकाले सबैको सहयोग आवश्यक भएको बताए ।

    खजुरा गाउँपालिकाका अध्यक्ष डब्बर विकले विश्वविद्यालयको निर्माणको काम सुरु भएपछि स्थानीयवासीको व्यवस्थापन हुने जानकारी दिए ।

    विश्वविद्यालयको‘सिनेट’ बैठक आज नै नेपालगञ्जमा हुँदैछ । सो बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सेवा आयोगका सदस्य नियुक्ति र थप बजेट माग गर्ने निर्णय गर्ने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend