logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जगदुल्ला गाउँपालिकामा स्वास्थ्य बीमा

    जगदुल्ला गाउँपालिकामा स्वास्थ्य बीमा

    2.6K
    Shares
    जगदुल्ला गाउँपालिकामा स्वास्थ्य बीमा

    डोल्पा । जगदुल्ला गाउँपालिका डोल्पाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए ।

    गाउँपालिकाले स्वास्थ्य बीमाका लागि रु १९ लाख २८ हजार आठ सय ५० रुपैया स्वास्थ्य बीमाबोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।

    समुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा विमितको सङ्ख्या नबढेको स्वास्थ्य बीमाबोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend