logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • चितवनमा कोरोनाका कारण एकको मृत्यु

    चितवनमा कोरोनाका कारण एकको मृत्यु

    1.9K
    Shares
    चितवनमा कोरोनाका कारण एकको मृत्यु

    चितवन । जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो ।

    जिल्लामा अहिले दशजना सक्रिय सङ्क्रमित छन् । कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक÷एक रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend