logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • १५ अंकले घट्यो नेप्से परिसूचक

    १५ अंकले घट्यो नेप्से परिसूचक

    2.1K
    Shares
    १५ अंकले घट्यो नेप्से परिसूचक

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से सूचक १५ अंकले घटेको छ । तीन दिनपछि बुधबार १५.१३ अंकले बढ्दै १९ सय २०.१२ अंकको विन्दुमा उक्लिएको नेप्से सूचक बिहीबार पुनः १५‍‍.७३ अंकले घटेर १९ सय ४.४० अंकको विन्दुमा तल खसेको छ ।

    यसै आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.७९ अंकले घट्दै ३६३.१२ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

    यद्यपि, आज कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन १५ अंकले बढेको बजारमा ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदै गर्दा आज १५ अंकले नै घटेको बजारमा ९८ करोड ३३ लाख ६७ हजार रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।

    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend