logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • ५ खेलमा १३ विकेट लिदैँ सन्दीप बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

    ५ खेलमा १३ विकेट लिदैँ सन्दीप बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

    2.7K
    Shares
    ५ खेलमा १३ विकेट लिदैँ सन्दीप बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

    काठमाडौँ । काठमाडौँमा मंगलबार सम्पन्न एसीसी मेन्स प्रिमियर कपमा नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्रिवि क्रिकेट मैदानमा मंगलबार यूएईलाई सात विकेटले पराजित गर्दैँ नेपाल च्याम्पियन बनेको थियो।

    नेपालको जितमा महत्त्वपूर्ण सदस्य रहेका सन्दीपले पाँच खेलमा १३ विकेट लिएका थिए। यस्तै, यूएईका ब्याटर वृत्य अरविन्द ६ खेलमा दुई शतक र एक अर्धशतकसहित चार सय ५४ रन जोडेर उत्कृष्ट ब्याटर घोषित भए।

    सोमबार सुरु भएर वर्षाका कारण मंगलबार मात्रै टुङ्गिएको फाइनलमा एसोसिएट क्रिकेटको पावर हाउस यूएईलाई हराएसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ।

    समूह ‘ए’मा परेको नेपालले भारत र पाकिस्तानसँग खेल्ने छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend