logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • राष्ट्रपति रनिङ शिल्ड: कबड्डीमा सुदूरपश्चिमलाई लगातार सात स्वर्ण

    राष्ट्रपति रनिङ शिल्ड: कबड्डीमा सुदूरपश्चिमलाई लगातार सात स्वर्ण

    1.6K
    Shares
    राष्ट्रपति रनिङ शिल्ड: कबड्डीमा सुदूरपश्चिमलाई लगातार सात स्वर्ण

    कञ्चनपुर । खेलाडीहरुको लगन र नियमित प्रशिक्षणकै कारण केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड छात्रा कबड्डीमा सातौँ पटक सुदूरपश्चिमले स्वर्ण जितेको छ ।

    सोमबार राष्ट्रपति रनिङ शिल्डको १३औँ संस्करणमा बागमती प्रदेशलाई फाइनलमा पराजित गर्दै सुदूरपश्चिमको छात्रा कबड्डीको उपाधि जितेको हो । सुदूरपश्चिम कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले सुदूरपश्चिमको छात्रा टोलीले लगातार सातौँ पटक केन्द्रस्तरीय रनिङ शिल्डमा उपाधि जितेको बताए ।

    ‘मुख्य कुरो त नियमित प्रशिक्षण नै हो ।’ कबड्डी प्रशिक्षक भट्टले भने, ‘सुदूरपश्चिमको कबड्डीले आफूलाई विगतदेखि अहिलेसम्म अब्बल साबित गर्दै आएको छ ।’ सुदूरपश्चिमको नौ सदस्यीय छात्रा कबड्डी टोलीको कप्तानी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का सिर्जना सुनारले सम्हालेको प्रशिक्षक भट्टको भनाइ छ ।

    केन्द्रस्तरीय रनिङ शिल्डको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा कञ्चनपुरको छात्रा टोलीले उपाधि जितेको थियो । ‘अहिले पनि सुदूरको टोलीमा चारजना छात्रा कञ्चनपुरका थिए’, उनले भने, ‘छात्रतर्फ भने सुदूरपश्चिमले काश्य पदक जितेको छ ।’

    त्यसैगरी, कञ्चनपुर जिल्ला कबड्डी सङ्घका उपाध्यक्ष रमेशचन्द्र ओझाले कबड्डी राष्ट्रिय टोलीमा बढीजसो सुदूरकै रहेको बताए। ‘पहिलेदेखि नै यहाँ दश जनशक्तिबाट नियमित प्रशिक्षणकै कारण आज खेलाडीहरु उत्कृष्ट प्रदर्शन गरिरहेका छन्’, उनले भने, ‘यहाँ प्रदेश सरकारबाट प्रशिक्षण केन्द्र निर्माण पनि भएकाले सहज भयो ।’ उनले विभिन्न विभागीय टोलीहरुमा रहेकामध्ये ८० प्रतिशत कञ्चनपुरबाट उत्पादन भएका खेलाडीहरुको वर्चस्व रहेको दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend