logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • काभा महिला भलिबलः नेपाललाई तेस्रो स्थान, उपाधिका लागि काजकस्तान र भारत आजै भिड्दैँ

    काभा महिला भलिबलः नेपाललाई तेस्रो स्थान, उपाधिका लागि काजकस्तान र भारत आजै भिड्दैँ

    1.5K
    Shares
    काभा महिला भलिबलः नेपाललाई तेस्रो स्थान, उपाधिका लागि काजकस्तान र भारत आजै भिड्दैँ

    काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ ।

    त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटले पराजित गर्दै नेपाल तेस्रो भएको हो ।

    पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीनै सेट जित्दै तेस्रो स्थान हासिल गर्‍यो । नेपालले दोस्रो सेट २५–१६ तथा तेस्रो सेट २५–१५ ले जित्यो । चौथो सेट २५–१३ ले जित्दै नेपालले तेस्रो स्थान हासिल गर्‍यो ।

    यसपटक नेपाललाई लगातार तेस्रोपटक उपाधि जित्ने मौका थियो । तर, सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपाल फाइनल पुग्न सफल भएन् । उज्वेकिस्तान फाइनलमा भारतसँग पराजित भएको थियो ।

    आज नै हुने फाइनलमा भारत र काजकस्तान प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल अपरान्ह ४ बजे त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend