logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय, समर्थन पनि फिर्ता

    कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय, समर्थन पनि फिर्ता

    2.4K
    Shares
    कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय, समर्थन पनि फिर्ता

    विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन आजै फिर्ता गर्ने निर्णय गरेको छ ।

    कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को संयुक्त बैठकको निर्णयानुसार एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन लागिएको हो ।

    माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको जानकारी दिए ।

    प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

    ‘आजकै मितिबाट एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ प्रदेश अध्यक्ष नेम्वाङले भने, ‘माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाइएको छ ।’

    बैठकले पार्टी प्रदेश अध्यक्ष नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय पनि गरेको छ ।

    पार्टीको निर्णयपछि संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराउने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend