logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • भरतपुरमा रोपाइँ महोत्सव: कृषिमा आधुनिकीकरण ल्याउन मेयर रेनुले रोपिन् मेसिनबाट धान

    भरतपुरमा रोपाइँ महोत्सव: कृषिमा आधुनिकीकरण ल्याउन मेयर रेनुले रोपिन् मेसिनबाट धान

    2.4K
    Shares
    भरतपुरमा रोपाइँ महोत्सव: कृषिमा आधुनिकीकरण ल्याउन मेयर रेनुले रोपिन् मेसिनबाट धान

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा २०औँ राष्ट्रिय धान दिवस रोपाइँ महोत्सव २०८० को रुपमा मनाइएको छ । कृषिमा यान्त्रिकीरणलाई जोड दिँदै भरतपुर महानगरपालिकाकी मेयर रनु दाहालले मेसिनमार्फत धान रोपेर महोत्सवको शुभारम्भ गरेकी थिइन् ।

    भरतपूर–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाको खेतमा सामूहिक रुपमा मेसिन चलाएर धान रोपेकी हुन् । उनीसँगै भरतपुर महानगरका उपप्रमूख चित्रसेन अधिकारी, प्रमूख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानासहित स्थानीय आमा समूह, विद्यार्थी र कृषकहरु जम्मा भएर धानको बिउ खेतमा रोप्दै पूजा समेत गरेकी थिइन् ।

    भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ‘जलवायू अनुकूलित कृषिमैत्री प्रविधि स् धान उत्पादनमा बृद्धि’ भन्ने नारासहित रोपाइँ महोत्सव मनाइएको हो । विकास र निर्माणमा तीव्ररुपमा अगाडि बढेको भरतपुरमा कृषि क्षेत्रमा यान्त्रिकीकरण गरी आधूनिकतामा जोड दिएको उनले बताइन् ।

    महानगरले अहिले कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । उनले भनिन्, ‘आकासे पानी र नारायणी लिफ्टको भर पर्ने भरतपुरको कृषियोग्य जमिनममा अहिले भूमिगत जल सिंचाइँले रोपाइँमा सहज भएको छ ।’ उनले कृषि क्षेत्रकै लागि वार्षिक १५ करोड रुपैयाँ विनियोजन गरेर तथा भूमिगत जल सिँचाइ मार्फत स्यालो र डिप ट्यूवेलमार्फत अहिले सात हजार बिघा जमिनमा सिँचाइ सुविधाले बाह्रैमास जुनसुकै खेती लगाउन सहज भएको बताइन् ।

    ‘भरतपूरको कृषि क्षेत्रको विकासकै कारण देशको ध्यान भरतपुरले तानेको छ’– मेयर रेनुले भनिन् ‘अहिले पूर्वप्रधानमन्त्रीलगायत राजनीतिक दलका शीर्ष नेता भरतपूरकै कृषि क्रान्तिमा रमाउन आएकोमा धन्यवाद दिन चाहन्छु र खूशी व्यक्त गर्दछु ।’ मेयर दाहालले निकट भविष्यमै नारायणी लिफ्ट सिँचाइको मर्मत सम्भार गरेर हिउँद बर्खा जुनसुकै समयमा पनि किसानलाई सिँचाइको सुविधा उपलब्ध गराउने बताइन् ।

    सो अवसरमा बोल्दै भरतपूर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले कृषिको व्यावसायिकता र आधुनिकीकरणले भरतपुरको कृषि क्षेत्रमा देखिने गरी कायालपट हुँदै गएको बताए ।

    भरतपुर महानगरपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय सहकारी र सामूहिक खेती गर्ने कृषकहरुलाई उल्लेख्य मात्रामा अनुदान तथा कृषिसम्बन्धी यन्त्रहरु वितरण गर्दै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend