logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • अर्थतन्त्रका समस्या र चुनौतिहरु भाषण गरेर मात्रै समाधान हुन सक्दैनन्ः पूर्वअर्थमन्त्री कार्की

    अर्थतन्त्रका समस्या र चुनौतिहरु भाषण गरेर मात्रै समाधान हुन सक्दैनन्ः पूर्वअर्थमन्त्री कार्की

    1.8K
    Shares
    अर्थतन्त्रका समस्या र चुनौतिहरु भाषण गरेर मात्रै समाधान हुन सक्दैनन्ः पूर्वअर्थमन्त्री कार्की

    काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतिहरु भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताउका छन् ।

    मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतिका विषयमा सरकार गम्भिर हुन जरुरी रहेको बताए ।

    सांसद कार्कीले आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको बताए । उनले आयात घट्दा अर्थतन्त्रमा समस्या आएको विषयमा सरकारले समिक्षा गरी यथार्थ बाहिर ल्याउनुपर्ने बताए । सांसद कार्कीले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा धेरै ठूलो टेवा पु¥याएको भन्दै कुनै किसिमको समस्या आयो भने मुलुकको अर्थतन्त्र कता जान्छ भन्ने विषयमा सोच्नुपर्ने बताए ।

    उनले रेमिट्यान्सको स्थायी समाधानका निम्ति सरकारले केही दीर्घकालिन सोच बनाउन जरुरी रहेको बताए । उनले सरकार र अर्थमन्त्री गम्भिर नभई अहिले अर्थतन्त्र सकारात्मक भएको भाषण गरेपनि दुई महिनापछि नकारात्मक असर पर्नसक्ने बताए । उनले सरकारले कृषि उत्पादन बढाउने भन्छ तर किसान जनता मल र बीउ खै भन्ने अवस्था रहेको बताए ।

    उनले भने, ‘वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिहरु अर्थमन्त्री र नेताहरुले भाषण गरेर मात्रै समाधान हुँदैन । हामी गम्भिर हुन जरुरी छ । आयात किन घटिरहेको छ । आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ । यसको सही रुपले जवाफ लिन र समाधान गर्न सकेनौं भने सरकारको विश्लेषण यथार्थ हुन सक्दैन । रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा धेरै ठूलो टेवा पुर्‍याएको छ । तर रेमिट्यान्स स्थायी हो वा होइन । रेमिट्यान्समा कुनै किसिमको समस्या आयो भने मुलुकको अर्थतन्त्र कतातर्फ जान्छ । यसको स्थायी समाधानका निम्ति सरकारले कस्तो सोच बनाउन जरुरी छ । यसर्फत सरकार र अर्थमन्त्री गम्भिर भएन भने अहिले भाषण गरे. पनि दुई महिनापछि नकारात्मक असर पर्न सक्छ । सरकारले कृषि उत्पादन बढाउने भन्छ तर किसान जनता मल र बीउ खै भन्छन् । सिंचाई सडक बनाउन सरकारले दिँदैन । पुँजीगत खर्च भएन भनेर सरकारले भन्छ । यसको सरकारले निराकरण गर्न जरुरी छ । पुँजीगत खर्च बढाउन सरकारले कस्तो कदम चाल्दै छौं स्पष्ट हुन जरुरी छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend