logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • करिश्मा भन्छिन् बालेनले ५० हजार जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदिए

    करिश्मा भन्छिन् बालेनले ५० हजार जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदिए

    14K
    Shares
    करिश्मा भन्छिन् बालेनले ५० हजार जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदिए

    काठमाडौँ । नायिका करिश्मा मानन्धरले काठमाडौँ महानगरपालिकाले आफ्नो नयाँ फिल्म ‘बगान’ लाई कारबाही गर्दा फाइदा पुगेको बताएकी छन्।

    महानगरले फिल्म ‘बगान’ लाई ५० हजारको जरिवाना गरेर बालेनले ५ लाखको विज्ञापन गरिदिएको मानन्धरले बताएकी हुन्।

    फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो। कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन।’

    काठमाडौँका भित्ताहरूमा चलचित्रको पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगरले ‘बगान’ लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend