logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • उज्यालो अभियान : एक बर्षमा १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

    उज्यालो अभियान : एक बर्षमा १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

    2.1K
    Shares
    उज्यालो अभियान : एक बर्षमा १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

    तुलसीपुर । उज्यालो अभियान कार्यक्रम अन्तर्गत करिव १९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरु संग आर्थिक बर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो पर्दान गरिएको हो ।

    नागरिकहरुले मोतियाविन्दुका कारण दृष्टिबिहिन जीवन यापन गर्नु नपरोस र नेपाल सरकारको आँखा स्वास्थ्य रणनितिलाई समेत सहयोग पुर्याउने उद्देश्यले स्थानियतहरुसंग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरि गत आर्थिक बर्षमा उज्यालो अभियान सञ्चालन गरिएको बताउछन् प्रमुख प्रशासक सम्शेर थापा ।

    उक्त कार्यक्रम अन्र्तगत एक बर्षमा १ हजार ८ सय ९९ जनालाई उज्यालो प्रदान गरिएको समेत बताए । पैसा र पहुँचको अभावका कारण कोहि कसैले पनि अनाहकमै आँखाको ज्योति गुमाउन नपरोस भन्ने मुख्य उद्धेश्यका साथ उज्यालो कार्यक्रम संचालन गरिएको उनको भनाई छ ।

    उज्यालो अभियान अन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा १ सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना , बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा १०० जनाको मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरि उज्यालो पर्दान गरिएको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए ।

    त्यस्तै, सवैभन्दा बढी देउखुरीमा रहेको लमही आँखा अस्पतालले लमही नगरपालिका भित्रका ४ सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना रापजपुर गाउँपालिका वडा नं ३ ले ५ जना र लमही नगरपालिका वडा नं. ६ ले ९ जनाको गरि ७ सय ३२ जना यस आर्थिक बर्षमा मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको नेत्र सहायक विमल घिमीरेले जानकारी दिए ।

    त्यस्तै, लमही आँखा अस्पतालले प्युठानको सरुमाई रानी गाउँपालिकामा समेत साझेदारी मार्फत उज्यालो अभियान पु¥याई ४९ जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।

    त्यस्तै, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्ण नगर नगरपालिकाका वडा नंं. ३ देखि १२ वडा सम्ममा २ सय ५५ जना विरामीहरुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको बाह्य कार्यक्रम सहसंयोजक हरी भण्डारीले जानकारी दिए ।

    त्यस्तै कपिलस्तु जिल्लाको बुद्धभुमि नगरपालिकामा १ सय जना र शिवराज नगरपालिकामा ८० जना मोतियान्दिुका विरामीहरुको आँखा शल्यक्रिया गरिएको प्रशासकिय अधिकृत जसराज विश्वकर्माको भनाई छ ।

    यस अभियानले दृष्टि विहिन्ताको न्यूनिकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले घरमानै दृष्टि विहिन भएर बसेकाहरुलाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए । ‘हामीले हुने संग लिने र नहुने लाई आँखा उपचार सेवा दिनेहो त्यसमा पनि स्थानीय सरकारको पनि आँखा स्वास्थ्य सेवामा साझेदारी गरेर अगाडी बढाऔं भन्ने हाम्रो उद्धेश्य हो ।’ उनले भने ।

    त्यस्तै, सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले पालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न आफुहरु लागेको बताए । ‘उज्यालो अभियान जनताका लागि अति आवश्यक कार्यक्रमहो पालिकाको अन्धोपन न्यूनिकरणका लागि साझेदारी कार्यक्रम गरि यो बर्ष कम्तीमा पनि आधालाई उज्यालो हामीहरुले पर्दान गर्ने म प्रतिवद्धता जाहेर गर्छु ।’ अध्यक्ष विश्वकर्माले भने । उनले यस आर्थिक बर्षमा करिव ४९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको भन्दै अव ३२० जनाको शल्यक्रिया गर्नुपर्ने तथ्याङ्गले देखाएको र यस बर्ष आधा आँखा रोगीलाई शल्यक्रिया गरि उज्यालो प्रदान गर्ने बताए ।

    त्यस्तै, दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि आँखा अस्पताल र आफुहरुको साझेदारीमा पहिलो पटक सञ्चालन गरेको अभियान प्रभावकारी भएको बताए । उनले उज्यालो आँखा कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइनेछ । सम्झौताभन्दा बढी मोतियाबिन्दुका बिरामीको सल्यक्रिया वापतको रकम आगामी आर्थिक वर्षमा भुक्तानी दिने गरी व्यवस्था मिलाइने नीति कार्यक्रममा समेत उल्लेख गरेको बताए ।

    त्यस्तै, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, तथा अन्य गाउँपालिका नगरपालिका र वडाहरुले पनि यस अभियानलाई चालु आर्थिक बर्षमा पनि निरन्तरता दिने बताए ।

    नेपाल नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ कार्यक्रमलाई सफल बनाउन सवै स्थानीय पालिकामा छलफल समेत भएको प्रमुख प्रशासक सम्शेर थापाले बताए । उनले जनप्रतिनिधिले पालिकाका जनतालाई उज्यालो अभियान सञ्चालन गरि अन्धोपन लागि साझेदारी गर्ने प्रतिवद्धता जनाएको समेत बताए ।

    नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend