logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • जनार्दन शर्मा भन्छन्– विप्लवजी लाई हामीले बोलाएका हौँ, मिडियाले हाइलाइट गरे

    जनार्दन शर्मा भन्छन्– विप्लवजी लाई हामीले बोलाएका हौँ, मिडियाले हाइलाइट गरे

    1.7K
    Shares
    जनार्दन शर्मा भन्छन्– विप्लवजी लाई हामीले बोलाएका हौँ, मिडियाले हाइलाइट गरे

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पार्टीमा नेत्रविक्रम चन्द ‘विप्लव’लाई स्वीकार्न गाह्रो नभएको बताएका छन् ।

    सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चन्दलाई पार्टीमा फर्किनु आफैँले भनेको भन्दै यसमा कुनै नौलो कुरा नभएको बताएका हुन् ।

    उनले चन्दलाई पार्टीमा ल्याउने कुरा सञ्चारमाध्यमहरुले हाइलाइटको विषय बनाएको बताए । सांसद शर्माले जनताले बुझ्नेगरी लोकतान्त्रिक प्रक्रियाबाट बैठक सञ्चालन गर्न पार्टी केन्द्रीय कमिटीको बैठक लाइभ गर्न लागेको बताए ।

    उनले भने, ‘जनताले बुझ्नेगरी लोकतान्त्रिक प्रक्रियाबाट गर्नुपर्छ नि त । सबै पार्टीले क्रमशः गर्दै जाने कुरा छ । त्यसैले काम गर्ने सदस्यले के काकम गरेको छ, तलसम्म थाहा हुन्छ । आज पनि सिंगो पार्टी एक ठाउँमा छ । विप्लवलाई आउनु भनेकै छौँ, मिडियाले हाइलाइट गर्नुभएको कुरा मात्रै हो । बैठक १७ गतेदेखि शुरु हुन्छ । बैठकमा सबै केन्द्रिय सदस्यले बोल्नुहुन्छ ।’

    सांसद शर्माले केन्द्रीय कमिटीको बैठक साउन १७ गतेदेखि शुरु हुने र सबै केन्द्रीय सदस्यले बोल्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend