logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • सुदन किराँती भन्छन्– शक्तिमा पुगेपछि मानिस ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो

    सुदन किराँती भन्छन्– शक्तिमा पुगेपछि मानिस ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो

    3.4K
    Shares
    सुदन किराँती भन्छन्– शक्तिमा पुगेपछि मानिस ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शक्तिमा पुगेपछि मानिस भूप शेरचनले लेखेको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो हुने टिप्पणी गरेका छन् ।

    आज (आइतबार) काठमाडौंमा आयोजित बिसे नगर्ची विशेषाङ्क विमोचन समारोहमा बोल्दै मन्त्री किराँतीले टाउको दुखेको औषधि नाइटोमा लगाउने दलहरूको प्रवृत्ति पनि उस्तै रहेको बताएका हुन् ।

    ‘टाउको दुखेको औषधि नाइटोमा लगाइरहेका छन्, त्यसैले जुनसुकै पार्टी जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भूपी शेरचनको कविता जस्तो मान्छे घुम्ने कुर्सीमाथि बसिहरेको हुन्छ, अन्धो मान्छे जस्तो हुन्छ । ’ उनले भने ।

    उनले आम जनतालाई सहभागी गराएर चलाएको अभियान मात्र सफल हुने बताए । समाजवादमा कोही सानो ठूलो नहुने र यस्ता खालको बहस नेपाली समाजमा ओझेलमा परेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend