सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मकवानपुर पहिरोः उद्धार गरिएकी महिलाको मृत्यु, ६ जना अझै बेपत्ता

मकवानपुर पहिरोः उद्धार गरिएकी महिलाको मृत्यु, ६ जना अझै बेपत्ता

मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता रहेका छन् । बेपत्ताको मकवानपुर र काभ्रेका प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् ।

अविरल वर्षाका कारण आएको पहिरो मंगलबार बिहान करिब ४ बजेको समयमा अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा उनको पत्नीको मृत्यु भएको हो भने ५ जना बेपत्ता भएका हुन् ।
पहिरोमा परी घाइते भएकी ५५ वर्षीय शान्तिमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । पहिरोमा परी बेपत्ता हुनेमा मकवानपुर वाग्मती–५ सिक्रे दोभानका ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षकी शिला पहरी, पहरीका पति अन्दाजी २५ वर्षका जीवन पहरी, पहरीका छोरा अन्दाजी ४ वर्षका मिलन र छोरी करिब डेढ वर्षीय दिव्या पहरी र घरमा पाहुना आएका सिन्धुली हरिहरपुर गाउँपालिका–१ का १६ वर्षीय पासाङ घिसिङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उद्धारका लागि प्रहरी परिचालन भइसकेको र नजिकैको काभ्रे जिल्लाको सीमामा रहेका प्रहरीले समेत सहयोग गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend