logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु, इजलासमा गौशाला २६ पनि उपस्थित

    सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु, इजलासमा गौशाला २६ पनि उपस्थित

    11.4K
    Shares
    सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु, इजलासमा गौशाला २६ पनि उपस्थित

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ जारी छ ।

    न्यायाधीश शकुन्तला कार्कीको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो । फैसला बहस सुन्न प्रतिवादी सन्दीप लामिछाने र जाहेरीकर्ता गौशाला २६ पनि इजलासमै उपस्थित रहेको बताइएको छ ।

    तर, अन्तिम सुनुवाइ हुने भएकाले धेरै अधिवक्ताहरूको वकालत नाम परेको कारण बिहीबार सुनुवाइ सकिने सम्भावना न्यून छ । बिहीबार सुनुवाइ नसकिएमा हेर्दाहेर्दैमा राखेर उक्त मुद्दा शुक्रवार सुनुवाइ हुनेछ ।

    सर्वोच्च अदालतले फागुन १५ गते उनको मुद्दा फास्ट ट्र्याकमा टुंगो लगाउन आदेश दिएको थियो । तर, जिल्ला अदालत काठमाडौंमा लगातार सुनुवाइ हुन सकेको छैन ।

    यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो । त्यसपछि भदौ २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend