logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • नेविसंघको ढुंगा प्रहारबाट जाइका नेपालका प्रमुख घाइते, जापानको गम्भीर आपत्ति

    नेविसंघको ढुंगा प्रहारबाट जाइका नेपालका प्रमुख घाइते, जापानको गम्भीर आपत्ति

    3.9K
    Shares
    नेविसंघको ढुंगा प्रहारबाट जाइका नेपालका प्रमुख घाइते, जापानको गम्भीर आपत्ति

    काठमाडौं । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर बुधबार जाइका नेपालका प्रमुख ओकुबो आकिमिचु घाइते भएका छन्।

    उनको गाडीमा पनि क्षति पुगेको छ। यस घटनालाई लिएर काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति प्रकाशन गरी गम्भीर आपत्ति जनाएको छ। दूतावासले भनेको छ, ‘लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्नु वाक स्वतन्त्रताअन्तर्गत आधारभूत नागरिक अधिकार हो तर हिंसात्मक क्रियाकलापमा उत्रनुचाहिँ अपराध हो।’

    प्रहरी स्रोतका अनुसार कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको र गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै बुधबार साँझ त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले विरोध प्रदर्शन गरेको थियो।

    प्रदर्शनका क्रममा प्रहरी र नेविसंघबीच झडपसमेत भएको थियो। त्यसबेला उक्त सडक भई गुडिरहेका सवारी साधनलाई प्रहरीले सुरक्षा प्रयोजनार्थ रोकेको थियो।

    त्यही समय, त्यही सडक हुँदै जाइका प्रमुख आकिमिचु कार्यालयबाट निवासतर्फ गइरहेका थिए। उनको गाडी पनि निकैबेर अलि परै रोकियो। स्थिति साम्य भएको भन्दै प्रहरीले गाडी खोलेपछि उनको गाडी पनि अगाडि बढाइएको थियो।

    ‘त्यो इलाका कट्ने क्रममा उनको गाडीमा प्रदर्शनकारीले हानेको ढुंगा बज्रिन पुग्यो। त्यसका कारण फुटेको सिसा र ढुंगाका टुक्राले जाइका प्रमुखको अनुहारमा लाग्यो।’ उनको ओठमा ठूलो चोट लागेको छ ।

    दूतावासले नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई यस्ता घटनादेखि जोगिन सचेत गराएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend