logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • राष्ट्र बैंकले माग्यो ३० जना कर्मचारी

    राष्ट्र बैंकले माग्यो ३० जना कर्मचारी

    3.1K
    Shares
    राष्ट्र बैंकले माग्यो ३० जना कर्मचारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ती गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ ।

    केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो ।

    राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदमा करारमार्फत् पदपूर्ति गर्न लागेको हो ।

    दरखास्त दिने अन्तिम मिति असोज १५ गते तोकिएको छ । ४५ वर्ष उमेर ननाघेकाहरुले आवेदन दिन सक्ने छन् ।

    आवेदकको लिखित, प्रयोगात्मक र अन्तरवार्ता परीक्षा हुने राष्ट्र बैंकले जनाएको छ ।

    आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुबै वा अन्तरवार्ता मात्रै हुने राष्ट्र बैंकले जनाएको छ ।

    परीक्षा दस्तुर मेकानिकल इन्जिनियरको हकमा १ हजार र अन्यको ८०० रुपैयाँ लाग्नेछ । करार सम्झौताको अवधि ६ महिनाको हुने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend