logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सरकारी सर्भरमा समस्या, त्रिभुवन विमानस्थलको अध्यागमन प्रभावित

    सरकारी सर्भरमा समस्या, त्रिभुवन विमानस्थलको अध्यागमन प्रभावित

    2.2K
    Shares
    सरकारी सर्भरमा समस्या, त्रिभुवन विमानस्थलको अध्यागमन प्रभावित

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या देखिएको छ । मंगलबार बिहानदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू मारमा परेका हुन् ।
    विभागका अनुसार सर्भरमा समस्या आएका कारण यात्रु चेक जाँचपास बिहान करिब दुई घण्टा प्रभावित प्रभावित बनेको थियो । यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको छ । तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागको भनाई छ ।
    ‘हाम्रो मात्र होइन गर्भमेन्ट इन्ट्रिगेटेड डाटा सेन्टर (जीआईडीसी) मा नै समस्या आएको हो । यसले गर्दा हामीले यात्रुको विवरण चेकजाँच गर्न पाएनौँ । तर, अहिले त्यसलाई पछि इन्ट्री गर्ने गरी म्यानुअल रूपमा भए पनि सञ्चालन गरेका छौँ,’ विभागका सूचना अधिकारी खिमराज भुसालले रातोपाटीसँग भने । के कारणले समस्या आएको हो भन्ने विषयमा जाँच भइरहेको उनको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend