logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • जसपाको कोशी प्रदेश समिति पुनर्गठन

    जसपाको कोशी प्रदेश समिति पुनर्गठन

    3K
    Shares
    जसपाको कोशी प्रदेश समिति पुनर्गठन

    काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले कोशी समिति पुनर्गठन गरेको छ । इटहरीस्थित प्रदेश कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट दीपक याक्खाको अध्यक्षतामा ५१ सदस्यीय कोशी प्रदेश समिति पुनर्गठन गरेको हो ।

     

    समितिको उपाध्यक्षमा सविता यादव, प्रेम वनेम र दिपेश राई, मुख्य सचिवमा घनश्याम कटुवाल, सचिवमा घनराज सुब्बा, हस्तशोभा राई, अनिल ठाकुर र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका सो पार्टीका प्रचारप्रशार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

     

    कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कोशी प्रदेशका इन्चार्ज रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend