logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ज्वाइँलाई गेटमा रोकेको निहुँमा प्रचण्डले सुरक्षाकर्मीको दुई तह घटुवा गरेको एमाले अध्यक्ष ओलीको आरोप

    ज्वाइँलाई गेटमा रोकेको निहुँमा प्रचण्डले सुरक्षाकर्मीको दुई तह घटुवा गरेको एमाले अध्यक्ष ओलीको आरोप

    4.1K
    Shares
    ज्वाइँलाई गेटमा रोकेको निहुँमा प्रचण्डले सुरक्षाकर्मीको दुई तह घटुवा गरेको एमाले अध्यक्ष ओलीको आरोप

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवासको गेटमा ज्वाइँलाई रोकेको रिसमा प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले गेटमा ड्युटीमा खटिएको सुरक्षाकर्मीको दुइ तह घटुवा गरेको आरोप लगाएका छन् ।

    सोमबार एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारी निवासमा एक जना ज्वाइँ साहेवलाई रोकेको निहुँमा प्रधानमन्त्री  प्रचण्डले सुरक्षाकर्मीको दुइ तह घटुवा गरेको जिकिर गरे। उनले भने, ‘सरकारी निवासको गेटमा ज्वाइँ साव आएछन्, गेटको सुरक्षाकर्मीले को हो हजुर भन्दा चिनिनस पख भित्र गएर बताउछु भन्यो । भित्र गएर फोन गरे एक हुल  मान्छे गुरुरु आएर ज्वाइँ साव रहेछन, ज्वाइँ साहेवलाई रोक्ने को हो ? भन्दै सुरक्षाकर्मीको दुई तह घटुवा गरिदिए । त्यो सरकारी जागिर हो की प्रचण्डका घरको तनखा हो ।’

    यसैगरी उनले सरकारको बिरोध गरयो वा आलोचना गरयो भने सरकारले बिभिन्न बाहनमा थुन्ने गरेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend