logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अनमोल केसी अस्पताल भर्ना

    ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अनमोल केसी अस्पताल भर्ना

    4.8K
    Shares
    ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अनमोल केसी अस्पताल भर्ना

    काठमाडौं । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी अस्पतालमा भर्ना भएका छन् ।

    छातीमा पीडा भएपछि उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दिएको छ ।

    भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो ।

    ‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन् ।

    उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो ।

    प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend