logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

    2K
    Shares
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी बृत्त गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको र भोली राजश्व अनुसन्धान विभागलाई बुझाइने प्रहरीको भनाइ छ ।

    पक्राउ परेका छोदेनको साथमा भारतीय राहदानी भएको  प्रहरी नायब महानिरीक्षक चन्द ठकुरीले बताउनुभयो । छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली रु ३१ लाख ५० हजार बराबर रहेको जनाइएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend