logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • जुवाको खालबाट प्रहरीका सई पदम थापा पक्राउ

    जुवाको खालबाट प्रहरीका सई पदम थापा पक्राउ

    23.4K
    Shares
    जुवाको खालबाट प्रहरीका सई पदम थापा पक्राउ

    कञ्चनपुर । कञ्चनपुरमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) जुवाखालबाट पक्राउ परेका छन् । आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जना पक्राउ परेका हुन् ।
    थापा, पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, मोटरसाइकल ६ थान र स्कुटी १ थानसहित उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

    स्रोतका अनुसार पक्राउ परेका थापालाई निलम्बन गर्नेसम्म तयारी भएको छ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि थापाको बढुवा भएको थियो ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी २०७७ माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend