logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • चौधरी ग्रुपको चारतारे भिभान्ता होटलको व्यापारमा उछाल आउँदा ३३ करोडको कारोबार

    चौधरी ग्रुपको चारतारे भिभान्ता होटलको व्यापारमा उछाल आउँदा ३३ करोडको कारोबार

    2.2K
    Shares
    चौधरी ग्रुपको चारतारे भिभान्ता होटलको व्यापारमा उछाल आउँदा ३३ करोडको कारोबार

    काठमाडौं । चौधरी ग्रुपको बहुमत स्वामित्व रहेको चारतारे भिभान्ता काठमाडौं होटलको व्यापार ४४ प्रतिशत बढेको छ । गत वर्ष भिभान्ताले ३३ करोड २० लाख रुपैयाँ व्यापार गरेको छ । अघिल्लो वर्ष भिभान्ताले २३ करोड रुपैयाँ व्यापार गरेको थियो । एक वर्षमा भिभान्ताको व्यापार १० करोड रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    सन् २०२१ मा होटलको व्यापार खुम्चिएर ९ करोड रुपैयाँमा झरेको थियो । यस्तै २०२० मा १७ करोड ६० लाख रुपैयाँ व्यापार गरेको थियो । कोभिड महामारीका कारण २०२१ मा भिभान्ताको आम्दानीमा भारी गिरावट आएको हो ।

    यस्तै सञ्चालनको पहिलो वर्ष होटलले ८ करोड १४ लाख रुपैयाँको कारोबार गरेको थियो ।

    होटलले ८३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    आर एन्ड आर होटल एन्ड रिसोर्टले सञ्चालनमा ल्याएको भिभान्ता काठमाडौंको स्थापना सन २०१४ मा भएको हो । होटल सन २०१९ को जनवरीदेखि सञ्चालनमा आएको हो।

    होटल सञ्चालनमा आएको केही महिनामा कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दी (लकडाउन) को मारमा परेको थियो । इन्डियन होटल कम्पनी लिमिटेड (आईसीएचएल) ले भिभान्ताको व्यवस्थापन सम्हालेको छ ।

    काठमाडौं उपत्यकाको ललितपुरमा अवस्थित छ । यो सुविधाजनक रूपमा धेरै कर्पोरेट कार्यालय र विदेशी मिसन कार्यालयहरूको नजिक अवस्थित छ ।

    आर एन्ड आर कम्पनीमा चौधरी ग्रुपको सिजी होल्डिङस र आइजे ग्रुपको सिविक्रम ल्यान्ड एन्ड इन्डष्ट्रियल कम्पनीको लगानी छ ।

    होटलमा उद्योगपति विनोद चौधरीको ७५ र बाँकी आइजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठको २५ प्रतिशत स्वामित्व छ । होटलको ६५ प्रतिशत बैंकको ऋण र बाँकी ३५ प्रतिशत संस्थापकहरुको स्वपुँजी लगानी रहेको छ ।

    यस्तै आइजे र चौधरीको संयुक्त लगानीमा ललितपुर कुपन्डोल हाइटमा पाँचतारे होटलसहित अत्याधुनिक लक्जरी अपार्टमेन्ट निर्माण भइरहेको छ ।

    पुरानो चारतारे होटल समिट भत्काएर अत्याधुनिक पाँचतारे होटलसहित भव्य लक्जरी अपार्टमेन्ट निर्माण सुरु भएको हो।

    पहिलो चरणमा अपार्टमेन्ट निर्माण सुरु हुनेछ । ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना आगामी सन् २०२६ मा पूरा हुने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend