logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सेयर बजार दोहोरोअंकले घट्यो

    सेयर बजार दोहोरोअंकले घट्यो

    754
    Shares
    सेयर बजार दोहोरोअंकले घट्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर २ हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो ।

    आज ३ सय ८ कम्पनीको ८६ लाख ९६ हजार ९ सय १८ कित्ता शेयर ६१ हजार ४ सय २० पटक खरिदबिक्री हुँदा रुपैँया तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० बराबरको कारोबार भएको छ ।

    उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३ र व्यापार समूह १ दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह२ दशमलव ५० प्रतिशतले घटेको छ ।

    बैँकिङ शून्य दशमलव ०३, विकास बैंक १ दशमलव २५, होटल तथा पर्यटन १ दशमलव ६७, जलविधुत् शून्य दशमलव ०४ र लगानी शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।

    त्यसैगरी जीवन बीमा समूह १ दशमलव २५, लघुवित्त एक दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ७३, निर्जीवन बीमा समूह १ दशमलव ०४ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

    मान्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिंगटी हाईड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु १२ करोड ५४ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको छ ।

    कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको दुई लाख ५६ हजार ७ सय ८ कित्ता शेयर किनबेच भएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend