logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • खिम्ती आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले सेयर पाउँछन् : कुलमान घिसिङ

    खिम्ती आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले सेयर पाउँछन् : कुलमान घिसिङ

    949
    Shares
    खिम्ती आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले सेयर पाउँछन् : कुलमान घिसिङ

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताएका छन् ।

    मंगलवार काठमाडौंमा दोलखा जिल्लाका जलविद्युत आयोजनाहरुबाट प्राप्त अवसर र समस्या चुनौति विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

    उनले खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने भएपनि अहिलेसम्म आउन नसकेको बताए ।

    उनले आयोजना सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए,पीटिए र पीए सबै विषयमा छलफल भइरहेको बताए । उहाँले २०२१ मा विभिन्न रुपमा छलफल भएपनि कोभिड आएपछि थप समस्या भएको बताए । निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा ल्याउनको लागि धेरै प्रयास गरिरहेको दाबी गरे ।

    उनले नेपाल विद्युत् प्राधिकरणलाई प्रवद्र्धधक कम्पनी हिमाल पावरले बेटर अप्सन दिएको र त्यस बारेमा ठोस सहमति भएको बताए । उनले नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई दिने शेयर दिने पक्षमा रहेको बताए ।

    उनले वैदशिक लगानीमा निर्माण सम्पन्न भएकोे ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि दिने प्रतिवद्धता जनाए ।

    उनले भने,‘खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने हो । सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए,पीटिए र पीए सबैमा छलफल भइरहेका थिए ।

    कोभिड आएपछि समस्या भयो । अहिले हामी धेरै प्रयास गरिरहेका छौं। त्यसमा उहाँहरुले अझ बेटर अप्सनहरु राखिदिएका छन्। त्यो अहिले बाहिर नल्याऔं ।

    यो नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई दिने भन्ने शेयर म पनि त्यसकै पक्षमा छु । त्यो शेयर आउँछ । वैदशिक लगानीमा निर्माण सम्पन्न भएकोे ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि त्यो आउँछ भन्ने लाग्छ ।

    तामाकोशी ५ जलविद्युत आयोजना ठेक्का लागेको छ । तामाकोशी ५ पहिला देखि विद्युत प्राधिकरणले लाइसेन्स लिएकाले प्राधिकरण मार्फत अघि बढेको छ ।

    त्यसमा तामाकोशीको जति पनि शेयर राख्नसक्ने भनेर पत्राचार गरिएको छ । तामाकोशीको शेयर कति राख्ने छलफलमा छौं । तामाकोशी ५ मा विद्युत प्राधिकरणले खर्च गरिरहेको छ ।

    त्यसमा १० प्रतिशत दोलखाले पाउने शेयर निश्चित रुपमा पाउँछन् । प्रशारणलाइनको विषयमा केही असमतिहरु छन् । त्यसलाई पनि दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफलमा नै छौं । दोलखालाई पुग्ने प्रसारण लाइन बन्दैछ ।’

    उनले विद्युत प्राधिकरणले लाइसेन्स लिएकाले प्राधिकरणमार्फत तामाकोशी ५ जलविद्युत आयोजना ठेक्का लागेको बताए । उनले तामाकोशी ५ मा तामाकोशी जलविद्युत आयोजनाको शेयर कति राख्ने भन्ने विषयमा छलफल भइरहेको बताए। उनले तामाकोशी ५ जलविद्युत आयोजनाको १० प्रतिशत शेयर दोलखालाई दिने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend