logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • नेकपा एसको दसौँ राष्ट्रिय महाधिवेशन असार १६ गतेदेखि २० गते सम्म काठमाडौँमा हुने

    नेकपा एसको दसौँ राष्ट्रिय महाधिवेशन असार १६ गतेदेखि २० गते सम्म काठमाडौँमा हुने

    546
    Shares
    नेकपा एसको दसौँ राष्ट्रिय महाधिवेशन असार १६ गतेदेखि २० गते सम्म काठमाडौँमा हुने

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो दशौँ राष्ट्रिय महाधिवेशन आउँदो असार १६ गतेदेखि २० गते सम्म काठमाडौँमा गर्ने भएको छ ।

    सो पार्टीको बुधबार बसेको ८० औँ सचिवालय बैठकले यही जेठ ३ देखि ७ गतेसम्म गर्ने भनिएको दसौँ राष्ट्रिय महाधिवेशनलाई असारमा गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनले भने, ‘यसअघि जेठ ३ गते देखि ७ गतेसम्म हुने भनिएको दसौँ महाधिवेशन हाम्रो धेरै आन्तरिक तयारीहरुका कारणले एवं जिल्ला कमिटीहरुले माग गरे बामेजिम र केन्द्रले विष्लेषण गर्दा त्यसलाई उपयुक्त ठहराए अनुसार महाधिवेशनलाई केही दिन पछाडि सारेका छौँ, आउँदो असार १६ गते देखि २० गतेसम्म काठमाडौँमा दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend