logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

    दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

    1K
    Shares
    दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

    कास्की । पोखरामा आज बिहान भएको दुर्घटनामा परी ८  जना चिनियाँ पर्यटक घाइते भएका छन् । पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

    ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा१प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन् ।

    घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

    स्कार्पिओ अनियन्त्रित हुँदा एक पसलमा समेत क्षति पुगेको छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend