logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालको खराब सुरूवात

    सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालको खराब सुरूवात

    1.1K
    Shares
    सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालको खराब सुरूवात

    काठमाडौं । नेपालले एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध पावर प्लेमा कमजोर सुरूवात गरेको छ ।

    नेपालका दुवै ओपनरसहित चार विकेट गुमाएको छ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा युएईले टस जितेर फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल रोयल डक भए।

    नेपाल  प्रिमियर कपको साविक विजेता हो। नेपालले युएईसँग अहिलेसम्म ९ वटा टी-२० खेलेको छ। जसमा पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएको छ।

    कुशल भुर्तेल इनिङ्ग्सकै पहिलो बलमा शून्यमा आउट भएका छन्। भुर्तेललाई युएईका जुनइद सिद्धिकीले विकेटकिपर सइद हैदरबाट क्याच गराए।

    यस्तै अर्का ओपनर आठ रन जोडेर चौथो ओभरमा आउट भए। कप्तान रोहित पौडेल सातौं ओभरको अन्तिम बलमा १८ बल खेलेर ५ रनमा आउट हुँदा नेपालले तेस्रो विकेट गुमायो।

    त्यतिबेला नेपालले ७ ओभरमा ३ विकेटको क्षतिमा ३८ रन जोडेको थियो। नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो। नेपालको

    सुरुवात  सम्झन लायक रहेन । तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend