logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कहाँ छन् कतारलाई उपहार दिने भनिएका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ ?

    कहाँ छन् कतारलाई उपहार दिने भनिएका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ ?

    1K
    Shares
    कहाँ छन् कतारलाई उपहार दिने भनिएका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ ?

    काठमाडौँ । कतारलाई नेपालले उपहारस्वरुप दिइने भनिएका दुईवटा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो ।

    कतार पठाउन लागिएको हात्तीलाई ट्रकमा राखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र फोटो झुटो भएको र हात्ती निकुञ्जभित्र पहिले राखिएको ठाउँमै रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

    उनले भने, “कतार पठाउने प्रक्रिया पूरा नहुँदासम्म ती हात्ती निकुञ्जमै रहेका र सामाजिक सञ्जालमा देखिएका ती हात्ती नेपालका होइनन, भिडियो र फोटो झुटा हो ।”

    यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती नगएका हुन् ।

    हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । कतारलाई हात्ती दिने विषयमा साईटीसले पनि सिफारिस गर्नुपर्छ ।

    त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । त्यसैले कतारमा हात्ती पठाउन केही ढिलाइ हुने भएको वन मन्त्रालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइने बताइएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend